FLASH NEWS

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, विभिन्न कार्यक्रमसहित देशभर मनाइँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ मंसिर १७, बुधबार (१ महिना अघि)
  • १५८

    Shares

आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, विभिन्न कार्यक्रमसहित देशभर मनाइँदै

काठमाडौँ :   आज ३ डिसेम्बर, अन्तर्राष्ट्रिय अपाङ्गता दिवस। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र समावेशिता प्रवर्द्धन गर्न नेपालसहित विश्वभर यो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

नेपालमा सरकार, सरोकारवाला निकाय, गैरसरकारी संस्था र अपाङ्ग अधिकारका लागि काम गर्ने संघ–संस्थाले राजधानीसहित विभिन्न स्थानमा र्‍याली, अन्तरक्रिया, सचेतनामूलक कार्यक्रम र नीति संवादको आयोजना गरेका छन्।

संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ मा मनाइने यस दिवसको यस वर्षको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्धन : सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ।
यस नाराले अपाङ्गता भएका व्यक्तिको अधिकार, समानता, समावेशिता र सम्मान सुनिश्चित गर्न विश्व समुदायलाई पुनः प्रतिबद्ध हुन आह्वान गरेको छ।

नेपालमा अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्यालय, विद्यालय, सार्वजनिक सवारी, सडक, पार्क, मठ–मन्दिर, सरकारी तथा निजी भवनहरूमा उनीहरूको आवश्यकता अनुसार मैत्रीपूर्ण भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने माग निरन्तर उठिरहेको छ।

यद्यपि नेपाल संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित सम्मानपूर्वक जीवनयापन र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको अधिकार सुनिश्चित गरे पनि व्यवहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसले सबै नागरिकलाई समावेशी, पहुँचयोग्य र अधिकारमैत्री समाज निर्माणका लागि जिम्मेवार बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस