FLASH NEWS

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान : थाक्रे–६ महादेवबेशी बजारमा र्याली तथा सचेतना कार्यक्रम

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ मंसिर १५, सोमबार (१ घण्टा अघि)
  • ९४

    Shares

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान : थाक्रे–६ महादेवबेशी बजारमा र्याली तथा सचेतना कार्यक्रम

धादिङ:    थाक्रे गाउँपालिका–६ महादेवबेशी बजारमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा सोमबार र्याली तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ। “प्रविधीको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रममा स्थानीय तहदेखि विभिन्न संघ–संस्थाहरुको सक्रिय सहभागिता रहेको थियो।

थाक्रे गाउँपालिकाको आयोजना तथा एकीकृत सामुदायिक विकास अभियान नेपाल (iCDC नेपाल), सृष्टि फाउन्डेसन नेपाल, टोल विकास संस्था, नागरिक मञ्च, पालिका स्तरीय बाल क्लब, किशोरी समूह, उन्नति नेपाल लगायतका संघ–संस्थाहरुको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

थाक्रे गाउँपालिकाका उपाध्यक्ष यन्त्रबहादुर थापा (जिन्दगी)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व उपाध्यक्ष अम्बिका रुपाखेती, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल, थाक्रे–६ का वडा अध्यक्ष हिरा बहादुर थापा (राजेन्द्र), थाक्रे–९ का वडा अध्यक्ष श्यामचन्द्र आचार्य, थाक्रे–६ का पूर्व वडा अध्यक्ष पूर्ण बहादुर कार्की, iCDC नेपालका कार्यक्रम संयोजक उत्तम तिमिल्सिना तथा विद्यालयका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख/प्रतिनिधि, विद्यार्थी र स्थानीयवासीको उत्साहपूर्ण उपस्थिति रहेको थियो।

र्याली महादेवबेशी बजार परिक्रमा गर्दै सम्पन्न गरिएको थियो भने लैंगिक हिंसा अन्त्यका लागि सामूहिक प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस