FLASH NEWS

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा धादिङबेसीमा दिप प्रज्वलन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ मंसिर ९, मंगलबार (४ घण्टा अघि)
  • ५४

    Shares

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा धादिङबेसीमा दिप प्रज्वलन

तस्विर : सिताराम अधिकारि

धादिङ :   लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा धादिङबेसीमा दिप प्रज्वलन गरिएकाे छ ।

लैङ्गिक हिंसा विरुद्ध प्रतिवद्धता गरिएकाे दिप प्रज्वलनमा लैंगिक हिंसा विरुद्ध सचेत रहन र अरुलाई सचेत पार्न ऐक्यबद्धता जनाइएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा नीलकण्ठ नगरपालिकाको संयोजन तथा नेपाल पत्रकार महासंघ सहित विविध संघ–संस्थाको सहकार्यमा दीप प्रज्वलन गरिएको हाे।
साेमबार साँझ धादिङबेसीस्थित क्याम्पस चोकमा आयोजित कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै लैङ्गिक हिंसा अन्त्यका लागि एकजुट हुनुपर्नेमा जाेड दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीकाे अध्यक्षतामा भएकाे दिप प्रज्वलन कार्यक्रममा लिंगका आधारमा हुने हिंसाकाे दर हेर्दा महिला बढि पिडित हुने गरेकाेले सबै किसिमकाे लैंगिक हिंसा अन्त्य गर्न सरकारी र गैरसरकारी प्रयास हुनुपर्ने बताउनुभयाे ।
कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, पत्रकार, नागरिक समाजका व्यक्तिहरू, विद्यार्थी तथा युवाहरूको सक्रिय उपस्थिति रहेको थियो। सहभागीहरूले लैङ्गिक हिंसा विरुद्ध निरन्तर आवाज उठाउँदै सचेतनामूलक गतिविधि सशक्तरुपमा संचालन गरिने प्रतिबद्धता व्यक्त गरिएकाे छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस