FLASH NEWS

थाक्रे गाउँपालिका गाउँ सभाको १८ औं अधिवेशन सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ मंसिर ५, शुक्रबार (७ महिना अघि)
  • ६२४

    Shares

थाक्रे गाउँपालिका गाउँ सभाको १८ औं अधिवेशन सम्पन्न

थाक्रे गाउँपालिकाको १८ औं अधिवेशन सम्पन्न भएको छ।

शुक्रबार पालिकाको सभा हलमा सप्पन्न सभाले प्रगति समिक्षा,बिद्यालय समायोजन, दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन कार्यविधि-२०८२ विद्युतिय अटो रिक्सा व्यवस्थापन, नियमन तथा सन्चालन कार्यविधि-२०८२, थाक्रे गाउँपालिकाको नक्सा सम्बन्धि कार्यविधि-२०८२,आवासीय बिधालय छात्रावास तथा चमेना गृह सन्चालन कार्यविधि-२०८२ र थाक्रे ग्रामीण आखा केन्द्र सन्चालन तथा व्यवस्थापन कार्यविधि-२०८२ सर्वसम्मत पारित गरेको छ ।

सभामा पालिका अध्यक्ष रामकुमार आचार्यले आर्थिक बर्षको कात्तिक मसान्तसम्मको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । यसैगरी पालिका उपाध्यक्ष यन्त्रबहादुर थापा(जिम्दगी) ले योजना श्रोतान्तर ,योजना थप तथा रकमान्तरसहित बजेट तथा योजनाको संसोधन प्रस्ताव पेश गर्नु भएको थियो।
सभामा पालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य ,वडा सदस्य तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस