FLASH NEWS

दुर्गा प्रसाईँ मध्यरातमा घरबाटै पक्राउ

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ मंसिर २, मंगलबार (७ महिना अघि)
  • ३६७

    Shares

दुर्गा प्रसाईँ मध्यरातमा घरबाटै  पक्राउ

फाइल तस्विर

काठमाडौँ : दुर्गा प्रसाईँ पक्राउ परेका छन्। भक्तपुरस्थित घरमै रहेको अवस्थामा सोमबार मध्यरातमा प्रहरीले मध्यरातमा उहालाई पक्राउ गरेको हो।

उहा माथि सार्वजनिक शान्ति खलल पारेको कसुरमा प्रहरीले पक्राउ गरेको हो। हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएकाले उहा लाई मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ। ​प्रसाईँलाई प्रहरीले भद्रकाली लगेको उनको सचिवालयले जानकारी दिएको छ।

राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए। उनले मंसिर ७ देखि आन्दोलनको घोषणा गरेपश्चात प्रहरीले यसलाई गम्भीर रुपमा अनुसन्धान गरिरहेको थियो।

यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईँ अदालतको आदेशपछि छुटेका थिए ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस