२०८
Shares
धादिङ : थाक्रेको कालिका र महाङकालेश्वरी माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुभारम्भ भएको छ ।



प्रेमसागर फाउण्डेसन नेपाल (जन भोजन) कार्यक्रम धादिङ्गले विहिबार एक कार्यक्रमका विच थाक्रे गाउँपालिका वडा नम्बरं ७ को हाप्सेचौर रहेको कालिका माध्यमिक विद्यालयका २सय ५३ जना र वडा नम्बर ८ मा रहेको महाङकालेश्वरी माध्यमिक विद्यालयका ३६५ जना विद्यार्थीहरुको लागि दिवा खाजा कार्यक्रम शुभारम्भ गरेको छ । उक्त दिवा खाजा कार्यक्रमको थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्यले शुभारम्भ गर्नु भएको हो ।
दिवा खाजा कार्यक्रम धादिङ्ग र मकवानपुरका विभिन्न विद्यालयमा सञ्चालन हुँर्दै आएको छ । धादिङ्ग जिल्लाको थाक्रे गाउँपालिका वडा नंम्बर ४ र ५ तथा मकवानपुरको थाहा नगरपालिका वडा नम्बरं ११ र १२ का सम्पूर्ण विद्यालयमा विगत केही वर्ष अगाडीबाट करिब २ हजार ५ सय जना भन्दाबढि विद्यार्थीहरुलाई निशुल्क दिवा खाजा वितरण गर्दै जनभोजका कार्यक्रमका व्यवस्थापक भोला राउतले बताउनु भयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य,वडा नम्बर ७ का वडा अध्यक्ष युवराज खतिवडा, वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम कुमार थापा(रामेश्वर), थाक्रे गाउँपालिकाकी पूर्व उपाध्यक्ष अम्बिका रुपाखेती, छिमेकी विद्यालयका प्रधानध्यापकहरु विरमान स्याङतान,विष्णु गौत्तम,समाजसेवी लगायत सम्पुर्ण अभिभावक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राम कुमार आचार्यले दिवा खाजाले विद्यार्थीहरुको पढाईमा सुधार, विद्यालय छाड्ने दरमा कमी र पोषण अवस्था सुधार हुने बताउनु भएको छ । उहाँले प्रेम सागर फाउण्डेसन नेपाललाई वार्षिक रुपमा पालिकाले निरन्तर आर्थिक सहयोग गर्दै आएको बताउनु भयो।
उक्त कार्यक्रममा प्रेमसागर फाउण्डेसनका व्यवस्थापक राउतले दिवा खाजाको महत्व र खाजा मार्फत कलिला भाई वहिनीहरुलाई सेवागर्ने अवसर मिलेकोमा खुसि व्यक्त गर्नु भयो ।








