FLASH NEWS

‘मोन्था’ को असर कहाँ-कहाँ पर्छ नेपालमा ?

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ कार्तिक १३, बिहिबार (७ घण्टा अघि)
  • ६५

    Shares

‘मोन्था’ को असर कहाँ-कहाँ पर्छ नेपालमा ?

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशभर साधरणतया बदली छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ। बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधरणतया बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका धेरै, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधरणतया बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका अधिकांश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा को सम्भावना छ।बाँकी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपातको सम्भावना छ। साथै कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि अनुमान गरिएको छ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस