FLASH NEWS

अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ आश्विन २८, मंगलबार (४ घण्टा अघि)
  • ४०

    Shares

अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल

काठमाडौँ:   प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा आज परिषद्को बैठक बसेको छ ।

सिंहदरबारस्थित सचिवालयमा बसेको परिषद्को ४० औँ बैठकमा हालको वर्तमान अन्तरराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल सहभागी हुनुहुन्थ्यो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस