FLASH NEWS

धुनिबेसीमा अज्ञात पुरुषकाे शब पहिचानका लागि प्रहरी कार्यालयहरुमा सम्पर्क गर्न आग्रह

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ आश्विन २२, बुधबार (८ महिना अघि)
  • ६२८

    Shares

धुनिबेसीमा अज्ञात पुरुषकाे शब  पहिचानका लागि प्रहरी कार्यालयहरुमा सम्पर्क गर्न आग्रह

धादिङ:   धादिङको धुनिवेशी नगरपालिका–९ मरणघाटस्थित धान खेतमा अन्दाजी ३०-३५ वर्ष उमेरका अज्ञात पुरुषको शव फेला परेको छ।

इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार शव कालो वर्णको, मोटो शरीर भएको र उचाइ करिब ५ फिट ४ इन्च रहेको छ। मृतकले तल हरियो रंगको ट्रयाक, माथि खैरो रंगको भेष्ट लगाएका थिए। घाँटीमा बुट्टीमाला रहेको र अनुहार मंगोलियन देखिने बताइएको छ।

शव सड्न लागेकाे अवस्थामा भेटिएकाले हालसम्म सनाखत हुन नसकेकाे प्रहरीले जनाएको छ।
प्रहरीले उक्त हुलियाका व्यक्ति तपाईंको वरपर वा गाउँबाट हराएका भए जानकारी दिन अनुरोध समेत गरेको छ।

शवको पहिचानका लागि वा कसैले चिन्ने भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न वा जिल्ला प्रहरी कार्यालय धादिङ वा इलाका प्रहरी कार्यालय खानिखोला धादिङमा सम्पर्क गर्न सकिने जनाएकाे छ ।

(तस्विर श्राेत बिक्रमजंग राना)

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस