FLASH NEWS

खनाल, घिसिङ र अर्याल मन्त्रीमा छानिए : आज शपथको तयारी हुदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ भाद्र ३०, सोमबार (४ घण्टा अघि)
  • ५३

    Shares

खनाल, घिसिङ र अर्याल मन्त्रीमा छानिए : आज शपथको तयारी हुदै

काठमाण्डौ :  प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा तीन जना मन्त्रीको नाम टुङ्गो लागेको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालको नाम टुङ्गो लागेको हो ।

खनाललाई अर्थमन्त्री, घिसिङलाई ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय तथा अर्याललाई गृह तथा कानून, न्याय र संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री कार्कीले तीनैजना मन्त्रीको नाम सिफारिस गरेर राष्ट्रपतिसमक्ष पठाउनुभएको जनाइएको छ ।

उहा हरुले आज शपथ लिएर कार्यभार सम्हाल्लुहुने छ । पूर्वसचिवसमेत रहनु भएका खनालले हालै मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाउनुभएको छ । कानुन व्यवसायी अर्याल काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार हुनुहुन्छ । घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुनुहुन्छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस