FLASH NEWS

सञ्चारमन्त्री गुरुङको सुरक्षामा कडाइ

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ भाद्र २३, सोमबार (९ महिना अघि)
  • ५०१

    Shares

सञ्चारमन्त्री गुरुङको सुरक्षामा कडाइ

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ। मन्त्री गुरुङका विरुद्ध सामाजिक सञ्जालमा धम्कीपूर्ण सन्देश प्रवाह हुन थालेपछि थप सुरक्षाकर्मी परिचालन गरिएको हो।

सुरक्षा संवेदनशीलताका कारण मन्त्री गुरुङको निवासदेखि कार्यालय आवतजावतसम्म सुरक्षा घेरो बलियो पारिएको छ। सार्वजनिक कार्यक्रममा पनि उहाको वरिपरि सुरक्षाकर्मीको बाक्लो तैनाथी देखिएको छ।

केही सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएपछि सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङविरुद्ध जनआक्रोश बढेको देखिन्छ। उहाले फेसबुक बन्द भए फोटो भाइबरमा पोष्ट गर्नु भन्ने जस्ता जवाफ दिन थालेपछि जनता उनीप्रति आक्रोशित हुँदै गएका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस