FLASH NEWS

थाक्रे–११ मा चेपाङ जातिको महान पर्व छोनाम (नवाँगि) मनाइने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ भाद्र २१, शनिबार (५ घण्टा अघि)
  • ५६

    Shares

थाक्रे–११ मा चेपाङ जातिको महान पर्व छोनाम (नवाँगि) मनाइने

धादिङ: थाक्रे गाउँपालिका–११ मा बसोबास गर्ने चेपाङ समुदायले आफ्नो महान पर्व छोनाम (नवाँगि) भव्यताका साथ मनाउन तयारी गरेको छ। यही भाद्र २८ गते वडा नं. ११ को आर्थिक सहयोग र चेपाङ समाजको संयुक्त आयोजनामा पर्व मनाउन लागेको आयोजकले टोलटोलकोखबर डटकम लाई जानकारी दिइएको छ।

कार्यक्रम आयोजक समितिका अनुसार, थाक्रे–११ को खहरेमा आयोजना हुने यस पर्वमा स्थानीय बासिन्दा, सरोकारवालाहरू र विभिन्न संघसंस्थाको सक्रिय सहभागिता रहनेछ। आयोजकले सम्पूर्णलाई उपस्थिति जनाई पर्वलाई भव्य र सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।
छोनाम पर्वलाई विशेष बनाउन वडाको सहयोग र चेपाङ समाजको पहलमा विविध सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्य तथा स्थानीय कलाकारहरूको कार्यक्रम हुने बताइएको छ। साथै, यस पर्वलाई समुदायबीच एकता र भाइचाराको पर्वका रूपमा अघि बढाउने तयारी गरिएको छ।

आयोजक समितिले भन्यो, “छोनाम पर्व हाम्रो सांस्कृतिक पहिचान हो, यसलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस