FLASH NEWS

थाक्रे–९ मा कुशे औंसीको अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ भाद्र ७, शनिबार (११ महिना अघि)
  • ६१४

    Shares

थाक्रे–९ मा कुशे औंसीको अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

थाक्रे गाउँपालिका–९ मा कुशे औंसी (बुबाको मुख हेर्ने दिन) को अवसरमा एक भव्य सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडा भित्रका जेष्ठ नागरिकहरूलाई ढाका टोपी र फलफूल वितरण गरेर सम्मान गर्दै उहाहरुका योगदानप्रति कृतज्ञता व्यक्त गरिएको थियो।

कार्यक्रमको सभाध्यक्ष थाक्रे–९ का वडा अध्यक्ष श्याम चन्द्र आचार्य रहनुभएको थियो भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामकुमार आचार्य हुनुहुन्थ्यो। कार्यक्रममा पालिकाका पूर्व उपाध्यक्ष अम्बिका रुपाखेती, थाक्रे–१० का वडा अध्यक्ष गोकुल लामिछाने, वडा सदस्यहरू, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय बासिन्दा र जेष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्मान कार्यक्रमसँगै थाक्रे–९ छापचौतारास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको सहकार्यमा उपस्थित जेष्ठ नागरिकहरूको सामान्य स्वास्थ्य परीक्षण तथा औषधि वितरण समेत गरिएको थियो।

यस कार्यक्रमले जेष्ठ नागरिकहरूप्रतिको सम्मान र सेवाको भावना अभिव्यक्त गर्नुका साथै स्वास्थ्य सचेतना बढाउन सहयोग पुगेको बताइएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस