FLASH NEWS

सुनको भाउ आज कति? हेनुहोस

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८२ श्रावण २५, आईतबार (१० महिना अघि)
  • ११०८

    Shares

सुनको भाउ आज कति? हेनुहोस

आज सुनकाे मूल्य थाेरै घटेको छ।

प्रतितोला दुईसय रुपैयाँ घटेर आज सुनको भाउ एक लाख ९९ हजार दुईसय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेर एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

गएको मंगलबार प्रतितोला एकलाख ९८ हजार पाँचसय रुपैयाँ पुगेको सुनको मूल्य बुधबार तोलामा एकसय रुपैयाँ घटेर एक लाख ९८ हजार चारसय रुपैयाँमा झरेको थियो।

आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर दुईहजार तीन सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस