FLASH NEWS

थाक्रे गाउँपालिकामा बालविवाह विरोधी जनचेतना र्याली तथा कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ श्रावण २५, आईतबार (११ महिना अघि)
  • ८३६

    Shares

थाक्रे गाउँपालिकामा बालविवाह विरोधी जनचेतना र्याली तथा कार्यक्रम सम्पन्न

थाक्रे,धादिङ :    धादिङ थाक्रे गाउँपालिकामा बालविवाह विरुद्धको अभियान अन्तर्गत जनचेतनामूलक र्याली तथा एकदिने कार्यक्रम सम्पन्न भएको छ।

शनिबार कार्यक्रम पालिका स्तरीय किशोरी सञ्जालको आयोजना, थाक्रे गाउँपालिकाको समन्वय तथा स्थानीय अधिकार कार्यक्रम अन्तर्गत ICDC Nepal / ActionAid Nepal नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो।

कार्यक्रम पालिका स्तरीय किशोरी समूहकी अध्यक्ष सुदिशना सुवेदीको अध्यक्षतामा भएको थियो। कार्यक्रममा प्रहरी चौकी महादेबबेशीका प्रतिनिधि, वडा सदस्य, बाल क्लबका सदस्य तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस