










३७२
Shares
काठमाडौँ : लोकदोहोरी गायक संगीतकार खेम सेन्चुरीको स्वास्थ्यमा समस्या आएको छ । एक महिने साङ्गीतिक यात्राको लागि बिहीबार साँझ क्यानडा उड्नै लागेका गायक सेन्चुरीको स्वास्थ्यमा समस्या आएको हो ।



स्वास्थ्यमा समस्या आएपछि उहा त्रिभुवन विमानस्थलबाटै केएमसी अस्पताल भर्ना भएका गायक मोहन खड्काले जानकारी दिनु भयो । खड्काका अनुसार सेन्चुरीको पेटमा समस्या आएको छ ।
अस्पतालमा रहेका खड्काले रातोपाटीसँग भने,’गायक खेम सेन्चुरी आजै क्यानडा जाँदै हुनुहुन्थ्यो । बोर्डिङ पास भइसकेपछि समस्या भएको हो । किड्नीमा स्टोन खस्दाखेरी पीडा हुने रहेछ, त्यही भएको हो । मेडिसिन चलाउने कि अप्रेसन गर्ने भन्नेबारे भोलि थाहा हुन्छ ।’
क्यानडामा सबैभन्दा ठुलो हिमालयन मेलामा सहभागी हुन गायक सेन्चुरी त्यसतर्फ जान लाग्नु भएको थियो । उक्त कार्यक्रम यही अगष्ट ९ तारिखमा हुँदै छ ।






