FLASH NEWS

आज पशुपतिनाथलाई जनै फेराइँदै

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ श्रावण २३, शुक्रबार (१ साल अघि)
  • ३२९

    Shares

आज पशुपतिनाथलाई जनै फेराइँदै

काठमाडौँ : आज श्रावण शुक्ल चतुर्दशीका अवसरमा शुक्रबार पशुपतिनाथलाई पवित्रारोहण गरिँदैछ।

आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीले पशुपतिनाथलाई नव यज्ञोपवीत धारण गराउने गरिन्छ ।

कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रारोहण पर्व मनाउने गरेको अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिनुभयो। पशुपति क्षेत्रमा सञ्चालन हुने सबै जात्रा, पर्वको सञ्चालन गर्ने काम पनि अमालकोट कचहरीले नै गर्ने गरेको छ ।

नयाँ जनै फेरेपछि पशुपतिनाथ गोसाइँकुण्डमा जाने विश्वास पनि गरिन्छ। आम मानिसले श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेर्ने परम्परा रहे पनि पशुपतिनाथलाई त्यसको एक दिनअघि नै नयाँ जनै फेराउने गरिएको हो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस