FLASH NEWS

प्रधानमन्त्री ओली  एलएलडिसी सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान प्रस्थान

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ श्रावण १९, सोमबार (२ दिन अघि)
  • ७३

    Shares

प्रधानमन्त्री ओली  एलएलडिसी सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान प्रस्थान

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन आज मध्यरात तुर्कमेनिस्तान प्रस्थान गर्नुभएको छ।

त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायत मन्त्रीहरूले प्रधानमन्त्रीलाई विदाई गरे। सेनाले सम्मान गारद अर्पण गर्‍यो।

प्रधानमन्त्री ओलीले सम्मेलनमा एलएलडिसी अध्यक्षका रूपमा सम्बोधन गर्नुका साथै उच्चस्तरीय बैठकमा सहअध्यक्षता गर्ने कार्यक्रम छ। सम्मेलन साउन २०–२३ (अगस्ट ५–८) सम्म तुर्कमेनिस्तानको अवाजा सहरमा हुँदैछ।

सम्मेलनमा एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ भूपरिवेष्ठित राष्ट्रहरूको सहभागिता रहनेछ। समुद्रमा पहुँच नहुने मुलुकहरूको व्यापार, यातायात र पूर्वाधार समस्या समाधानमा सम्मेलन केन्द्रित हुनेछ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री, सचिव अमृत राईलगायत रहेका छन्। प्रधानमन्त्री ओली साउन २३ राति स्वदेश फर्किने कार्यक्रम छ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस