FLASH NEWS

थाक्रेमा विपद् सूचना व्यवस्थापन प्रणाली सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ श्रावण १०, शनिबार (१ साल अघि)
  • १०८०

    Shares

थाक्रेमा विपद् सूचना व्यवस्थापन प्रणाली सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न

थाक्रे, धादिङ :     थाक्रे गाउँपालिकामा विपद् सूचना व्यवस्थापन प्रणाली सम्बन्धी एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा आयोजित सो तालिम एकीकृत सामुदायिक विकास अभियान (ICDC Nepal) र एक्शन एड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) सँगको समन्वयमा सम्पन्न भएको हो।

स्थानीय सरकारका प्रतिनिधिहरूलाई विपद् सूचना व्यवस्थापन प्रणालीको ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने तालिमको सहजीकरण NDRRMA का सूचना प्राविधिक सहायक अनुप कार्कीले गर्नुभएको थियो।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केशी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, नागरिक मञ्चका प्रतिनिधिहरू तथा प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको थियो।

तालिमको क्रममा विपद् सूचना व्यवस्थापन प्रणालीमा तथ्यांक अद्यावधिक गर्ने कार्ययोजना पनि तयार गरिएको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस