FLASH NEWS

इलाका प्रहरी कार्यालय खानीखोला द्वारा महादेव मन्दिर सरसफाई

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ श्रावण ३, शनिबार (९ महिना अघि)
  • ४८३

    Shares

इलाका प्रहरी कार्यालय खानीखोला द्वारा महादेव मन्दिर सरसफाई

धुनिबेशी ,धादिङ:   धुनिबेशी नगरपालिका–८, खानीखोलामा अवस्थित महादेव मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय खानीखोलाको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यालय प्रमुख प्रहरी निरीक्षक नन्दराज जोशीको नेतृत्वमा खटिएको प्रहरी टोली, वडा अध्यक्ष रामकृष्ण रेग्मी, वडा सदस्य सावित्री कार्की तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत मन्दिर परिसर तथा वरपरका क्षेत्रको फोहोरमैला संकलन गरी सफा गरिएको थियो। धार्मिक स्थलको संरक्षण, सफा वातावरणको प्रवर्द्धन र सामुदायिक एकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

स्थानीय प्रतिनिधिहरूले प्रहरी प्रशासनसँग सहकार्य गर्दै यस किसिमका कार्यक्रमहरूले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने र धार्मिक तथा सांस्कृतिक क्षेत्रको महत्व झल्काउने विश्वास व्यक्त गरेका छन्।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस