FLASH NEWS

धुनिबेशी ८ मा महिला उद्यमशीलता प्रवर्द्धनका लागि अचार बनाउने तालिम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ २३, सोमबार (१० महिना अघि)
  • ३८९

    Shares

धुनिबेशी ८ मा महिला उद्यमशीलता प्रवर्द्धनका लागि अचार बनाउने तालिम सम्पन्न

धादिङ, धुनिबेशी :   महिला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले धुनिबेशी नगरपालिका–८ मा आयोजित सात दिने अचार बनाउने सीप विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ। उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसीको आयोजना तथा धुनिबेशी नगरपालिका र वडा नं. ८ को समन्वयमा तालिम संचालन गरिएको हो।

सोमबारदेखि सुरु भएको तालिमको आज समापन भएको हो। समापन समारोहमा बोल्नु हुदै धुनिबेशी नगरपालिकाका पूर्व उप–प्रमुख निरु खरेलले महिलाको आत्मनिर्भरता सुनिश्चित गर्न यस्ता सीपमूलक तालिम अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सहभागी महिलाहरूलाई सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। उहाँले तालिम आयोजना गर्न संघर्षपूर्ण प्रक्रिया रहेको उल्लेख गर्दै, महिलाहरूले यसलाई जीविकोपार्जनको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो।

वडा नं. ८ का अध्यक्ष रामकृष्ण रेग्मीले महिलालाई आत्मनिर्भर बनाउने अभियानमा यस्ता तालिमहरूको भूमिका उल्लेखनीय रहेको बताउनुभयो। सहभागी महिलाहरूको अनुशासन र लगनशीलता प्रति आभार व्यक्त गर्दै उहाँले अब व्यवसायिक सोचका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। “यस्ता तालिमबाट अघि बढ्नेलाई वडा र नगरपालिकाबाट आवश्यक सहयोग गरिनेछ,” रेग्मीले बताउनुभयो।

उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसीका प्रमुख चुडामणि पुरीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा वडा सदस्यहरू, कार्यालयका प्रतिनिधि राजेन्द्र प्रसाद कोइराला, तालिमकी सहजकर्ता रजनी लामा, गंगा लामा तथा तालिममा सहभागी ४२ जना महिला दिदीबहिनीहरूको उपस्थिति रहेको थियो।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

४ दिन अघि

आज कानुन दिवस

खोजी गर्नुहोस