FLASH NEWS

सृष्टि फाउण्डेशन नेपालको सम्पर्क कार्यलय धादिङबेशीमा स्थापना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ मंसिर २, मंगलबार (१ महिना अघि)
  • २८०

    Shares

सृष्टि फाउण्डेशन नेपालको सम्पर्क कार्यलय धादिङबेशीमा स्थापना

धादिङ :  सृष्टि फाउण्डेशन नेपालले आफ्नो सेवा क्षेत्र विस्तार गर्दै नीलकण्ठ नगरपालिका–४, सिपीचोक धादिङबेशीमा ‘न्यायमा पहुँच’ परियोजनाको सम्पर्क कार्यालय आज सोमबारदेखि संचालनमा ल्याएको छ।

परियोजनाले धादिङमा न्यायकाे पहुँचभन्दा टाढा रहेका नागरिक — महिला, बालबालिका, जेष्ठ नागरिक तथा हिंसा पीडितकाे कानुनी सहयोग र मनोपरामर्शकाे पहुँच बढाउने उद्देश्य राखेको फाउण्डेशनले जनाएको छ।

धादिङ जिल्लाको समग्र भूगोलमा करिब दुई दशक लामो अनुभव, एक सय भन्दा बढी केसहरूबाट प्राप्त सिकाइ, तथा जिल्लाका सरोकारवालाबाट प्राप्त सुझावका आधारमा परियोजना संचालन थालिएको संस्थाका अध्यक्ष अम्बिका रुपाखेतीले जानकारी बताउनु भयो।

कार्यक्रमका क्रममा अध्यक्ष रुपाखेतीले परियोजनाबाट अपेक्षित उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्दै सबै सरोकारवालासँग निरन्तर सहयोग र सहकार्यका लागि आग्रह गर्नु भएको छ।

सृष्टि फाउण्डेशन नेपालले यसअघि पनि समुदायमा आधारित विभिन्न सामाजिक सेवा तथा न्यायिक सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस