FLASH NEWS

धुनिवेशी नगरपालिका केन्द्र जाने महेश खोलामा मोटरेबल पुलको शिलान्यास

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ कार्तिक २९, शनिबार (५ महिना अघि)
  • ४४८

    Shares

धुनिवेशी नगरपालिका केन्द्र जाने महेश खोलामा मोटरेबल पुलको शिलान्यास

धुनिवेशी नगरपालिका वडानम्बर ५ र ८ जोड्ने अर्थात नगरपालिका केन्द्र जाने महेश खोला माथि निर्माण हुन लागेको मोटरेबल पुलको शिलान्यास गरिएको छ। शनिबार एक कार्यक्रमको आयोजना गरि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुल निर्माण कार्यको शिलान्यास गर्नु भएको हो।

शिलान्यास समारोहमा बोल्दै जम्कट्टेलले लामो संघर्ष र निरन्तर प्रयासपछि स्थानीयको आवश्यकता अनुसार यो पुल निर्माण प्रक्रिया सुरु भएको बताउनुभयो। उहाँले पुल निर्माण सम्पन्न भएपछि सो क्षेत्रको आवागमन सहज हुने र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो।

उक्त पुल निर्माणको जिम्मा पाएको ज्वालामुखी कन्स्ट्रक्सनका धर्म लोहनीले टोलटोलको खबरसँग कुरा गर्दै करिब ६ करोड रुपैयाँ लागतमा बन्ने पुल तोकिएको समयभन्दा अघि नै सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिनुभयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस