FLASH NEWS

धुनिवेशी नगरपालिकामा आज बुधबार शोक बिदा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ भाद्र २५, बुधबार (८ महिना अघि)
  • ३८१

    Shares

धुनिवेशी नगरपालिकामा आज बुधबार शोक बिदा

धुनिवेशी नगरपालिकाले आज २०८२ भाद्र २५ गते नगरपालिका अन्तर्गतका सबै निकाय, सामुदायिक तथा संस्थागत विद्यालयहरूमा सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ।

देशव्यापी रूपमा छाएको शोकको वातावरणलाई ध्यानमा राख्दै विदा दिने निर्णय गरिएको नगरपालिकाले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ ।
काठमाडौं लगायत देशका विभिन्न सहरहरूमा जेन जीद्वारा आयोजित न्याय, समानता, अधिकार र सुशासनका पक्षमा गरिएको आन्दोलनका क्रममा २०८२ भाद्र २३ र २४ गते भएका झडपहरूमा २० भन्दा बढिले ज्यान गुमाएका छन् भने कैयौँ व्यक्ति घाइते भएका छन्। यही घटनाबाट स्तब्ध र मर्माहत बनेको धुनिवेशी नगरपालिकाले मृतकहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।

नगरपालिकाले यस दुखद घडीमा एकताको भावना राख्दै सबै नागरिकलाई संयमता र सद्भावका साथ अघि बढ्न आह्वान समेत गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस