FLASH NEWS

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ भाद्र १८, बुधबार (९ महिना अघि)
  • ४०७

    Shares

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : आज प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको छैटौं अधिवेशनको ६०औं बैठक १ बजेदेखि शुरु हुने जनाइएको छ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यस्तै आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले जल स्रोत विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची पनि रहेको छ।

त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल पश चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस