FLASH NEWS

आज तीन संसदीय समितिको बैठक बस्दै

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ भाद्र ११, बुधबार (१० महिना अघि)
  • ३८३

    Shares

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ : सङ्घीय संसद्का तीन समितिको बैठक आज बुधबार बस्दैछ। प्रतिनिधिसभाको एक र राष्ट्रिय सभाको दुई समितिको बैठक बस्न लागेको जनाइएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अपराह्न ३ बजेका लागि बोलाइएको छ। बैठकमा समितिका सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ। समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेकी छिन्। बैठकमा समितिका ज्येष्ठ सदस्यले उनी सभापति निर्वाचित भएको घोषणा गर्नेछन्।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यक्रम छ। बैठक बिहान साढे ११ बजे बस्नेछ।

बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१/८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस