FLASH NEWS

थाक्रे-६ महादेवबेसीमा तीज विशेष बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ भाद्र ७, शनिबार (११ महिना अघि)
  • ६२३

    Shares

थाक्रे-६ महादेवबेसीमा तीज विशेष बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न

थाक्रे ,धादिङ :   धादिङको थाक्रे गाउँपालिका–६ महादेवबेसीमा उज्यालो भविष्य महिला समूहको आयोजना तथा थाक्रे गाउँपालिकाको आर्थिक सहयोगमा तीज विशेष बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

समूहकी अध्यक्ष जमुना सुबेदीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य विशिष्ट अतिथिका रूपमा रहनु भएको थियो।

त्यसैगरी कार्यक्रममा पालिकाका उपाध्यक्ष यान्त्र बहादुर थापा, विभिन्न वडाका वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा महिला पञ्चेबाजाको विशेष प्रस्तुतिले सांस्कृतिक रंग भरेको थियो भने स्थानीय तथा राष्ट्रिय कलाकारहरूका प्रस्तुतीहरूले मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रमले तीज पर्वको सांस्कृतिक महत्व झल्काउँदै महिला सशक्तिकरण, एकता र सामुदायिक सहभागितालाई प्रवर्द्धन गरेको आयोजकले जनाएका छन्।  

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस