FLASH NEWS

यी स्थानमा आज भारी वर्षा

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ भाद्र ५, बिहिबार (८ महिना अघि)
  • ४४१

    Shares

यी स्थानमा आज  भारी वर्षा

काठमाडौँ : न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले हाल नेपालमा मनसुन कमजोर छ।

कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस