FLASH NEWS

क्यानडा जान लागेका खेम सेन्चुरीको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ श्रावण २३, शुक्रबार (९ महिना अघि)
  • ३७१

    Shares

क्यानडा जान  लागेका खेम सेन्चुरीको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ :    लोकदोहोरी गायक संगीतकार खेम सेन्चुरीको स्वास्थ्यमा समस्या आएको छ । एक महिने साङ्गीतिक यात्राको लागि बिहीबार साँझ क्यानडा उड्नै लागेका गायक सेन्चुरीको स्वास्थ्यमा समस्या आएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उहा त्रिभुवन विमानस्थलबाटै केएमसी अस्पताल भर्ना भएका गायक मोहन खड्काले जानकारी दिनु भयो । खड्काका अनुसार सेन्चुरीको पेटमा समस्या आएको छ ।

अस्पतालमा रहेका खड्काले रातोपाटीसँग भने,’गायक खेम सेन्चुरी आजै क्यानडा जाँदै हुनुहुन्थ्यो । बोर्डिङ पास भइसकेपछि समस्या भएको हो । किड्नीमा स्टोन खस्दाखेरी पीडा हुने रहेछ, त्यही भएको हो । मेडिसिन चलाउने कि अप्रेसन गर्ने भन्नेबारे भोलि थाहा हुन्छ ।’

क्यानडामा सबैभन्दा ठुलो हिमालयन मेलामा सहभागी हुन गायक सेन्चुरी त्यसतर्फ जान लाग्नु भएको थियो । उक्त कार्यक्रम यही अगष्ट ९ तारिखमा हुँदै छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

४ दिन अघि

आज कानुन दिवस

खोजी गर्नुहोस