FLASH NEWS

धार्के-सीतापाइला सडकमा ट्याक्सी दुर्घटना, ६ जना घाइते

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ श्रावण १२, सोमबार (१ साल अघि)
  • ६०१

    Shares

धार्के-सीतापाइला सडकमा ट्याक्सी दुर्घटना, ६ जना घाइते

धार्के सीतापाइला सडकमा ट्याक्सी दुर्घटना भएको छ। काठमाडौंबाट चितवन जाँदै गरेको बा २ ज २९९५ नम्बरको ट्याक्सी सोमबार बिहान धुनिवेशी नगरपालिका ५ कुमाइखोलास्थित धार्के सितापाइला सडकबाट तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी चालकसहित ६ जना घाइते भएका छन्।  तीमध्ये दुई जना मध्यम र ४ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

घाइतेहरुमा सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका(३ कि ४१ वर्षीय मिना खड्का, २४ वर्षीय सागर खड्का, २१ वर्षीय सन्जु खड्का, १६ वर्षीय जस्मिन खड्का, र सात वर्षीया जेशिका गुरूङ छन्। चालक सिन्धुपाल्चोकका २३ वर्षीय दिनेश दंगाल पनि घाइते छन्। घाइतेहरू सबैलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ।

डिएसपी हमालका अनुसार ट्याक्सी आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी ५ मिटर तल खसेको थियो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस