FLASH NEWS

आज पनि प्रतिनिधिसभा बैठक बस्दै , यस्तो कार्यसूची

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ श्रावण ९, शुक्रबार (९ महिना अघि)
  • २९२

    Shares

आज पनि प्रतिनिधिसभा बैठक बस्दै , यस्तो कार्यसूची

काठमाडौँ :   सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ। बैठक दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

विधेयक, २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो । यो विधेयकलाई राष्ट्रियसभाले २०८१ चैत ४ गते पारित गरेको थियो।

यो विधेयक ‘आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम् प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नसँग सम्बन्धित’ छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस