FLASH NEWS


थाक्रे गाउँपालिकामा एचपिभि खोप अभियान सुरु, पहिलो दिनमै लगाए ८ सय १४ किशोरीहरुले खोप

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन १, बिहिबार (१ महिना अघि)
  • १७५

    Shares

थाक्रे गाउँपालिकामा एचपिभि खोप अभियान सुरु, पहिलो दिनमै लगाए ८ सय १४ किशोरीहरुले खोप

धादिङ :     धादिङको थाक्रे गाउपालिकामा पाठेघर क्यान्सर विरुद्धको एचपिभि खोप अभियान सुरु भएको छ ।
बिहिबार थाक्रे गाउपालिका ६ मा रहेको जनजागृति माध्यमिक विद्यालयमा पालिकाका प्रमुख रामकुमार आचार्यले स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गर्दै अभियानको सुरुवात गर्नुभएको हो ।

अभियानको सुरुवात गर्दै आचार्यले खोप सुरक्षित रहेकाले ढुक्कसाथ लगाउन किशोरीहरुलाई अनुरोध गर्नुभएको छ । तेस्तै थाक्रे ६ का वडा अध्यक्ष हिराबहादुर थापाले पनि खोप सामाजिक अन्जालामा भएको कुरा हरुको पछि नलागी खोप कार्यक्रममा सहभागी हुन् आग्रह गर्नु भयो।

गाउपालिकाको कक्षा ६ देखि १० सम्म अध्ययनरत १४६७ छात्रा रहेको मा पहिलो दिन मानै ८सय १४ किशोरीहरुलाई खोप लगाइएको गाउपालिकाका स्वास्थ्य शाखाका प्रमुख कमल अधिकारीले टोलटोलको खबर डट कम लाइ जानकारी दिनु भयो।
यसअघि धादिङमा पहिलो चरणको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सम्पन्न भईसकेको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस