FLASH NEWS

डेंगु रोग नियन्त्रणका लागि धुनिवेशी नगरपालिका द्वारा सचेतना अभियान सुरु

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० श्रावण १६, मंगलबार (२ साल अघि)
  • ७१२

    Shares

डेंगु रोग नियन्त्रणका लागि धुनिवेशी नगरपालिका द्वारा  सचेतना अभियान सुरु

धुनिबेशी १६ साउन,     धादिङको धुनिवेशी नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि सचेतना अभियान सुरु गरेको छ।
जिल्लामा दिनानु दिन डेंगु रोगको सङ्क्रमण दर बढ्दै जानथाले पछि धुनिबेशी नगरपालिकाले पनि डेंगु रोग नियन्त्रणका लागि सचेतना अभियान सुरुगरेको नगरपालिकाका स्वाथ्य साखा प्रमुख धुर्व अधिकारीले जानकारी दिनु भयो।

यो अभियान जनप्रतिनिधि,स्वास्थ्य कर्मी,रेडक्रस कर्मी, नगर प्रहरी ,स्थानिय मेडिकल सञ्चालक, शिक्षक विद्यार्थी र स्थानिय नागरिक लगायतको सहभागितामा सुरु गरेकोे स्वाथ्य साखा प्रमुख अधिकारीले टोल टोलको खाबरलाई जानकारी दिनु भयो।

त्यस्तै डेंगु फैलाउने एडिस एजिप्टाई जातको लामखुट्टेको जीवन चक्र पुरा हुन रोकियो भने लामखुट्टे उत्पादन नहुने र यसले डेंगु सङ्क्रमण पनि रोकिने भएकाले अभियान सञ्चालन गरिएको धुनिवेशी नगर स्वास्थ्य शाखाका सिनियर अहेब हेमन्त सुबेदीले बताउनु भयो । अभियानमा डेंगुबाट जोगिने उपायबारे चेतना फैलाउने, लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने तरिका समेत सिकाइएको सुवेदीको भनाई छ ।

सफा पानी जमेको स्थानमा लामखुट्टेको जीवन चक्र पुरा हुने भएकाले टायर,बट्टा भाँडाकुँडामा पानी जम्न नदिने र पानी प्रयोग हुने स्थलमा हप्तामा दुई पटक पानी फेर्न, खाल्डाखुल्डी पानी जम्ने स्थलमा मट्टितेल छर्कने जस्ता उपाय अपनाउन सकिने लगाएतका बारेमा नागरिकहरुलाई जानकारी पनि गराइएको र यो अभियानको साथै नगरपालिकाले बिभिन् कार्यक्रमहरु गरिरहेको अहेब सुवेदीले बताउनु भयो।
एडिस एजिप्टाई लामखुट्टेले प्राय दिउँसो टोक्ने भएकाले टोकाइबाट जोगिन पुरा बाहुला भएको र शरीर ढाक्ने कपडा लाउन, लामखुट्टेले नटोकोस भनेर राति सुत्दा झुल टाँगेर सुत्न स्वास्थय कर्मीको सुझाव छ ।

 

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस