FLASH NEWS

थाक्रे २ सिम बाट १९५० ग्राम लागु औषध गाँजा (पोल्याण्ड) प्रहरीद्वारा बरामद

  • टोलटोलको खबर
  • सुरक्षा/अपराध
  • प्रकाशित मिति:
  • २०८० श्रावण १३, शनिबार (२ साल अघि)
  • १४५८

    Shares

थाक्रे २ सिम बाट १९५० ग्राम लागु औषध गाँजा (पोल्याण्ड) प्रहरीद्वारा बरामद

१३ साउन ,२०८०     धादिङको थाक्रे गाउपालिका वडा नं. २ सिम बाट १९५० ग्राम लागु औषध गाँजा (पोल्याण्ड) प्रहरीले बरामद गरेको छ।
शनिबार बिहान करिब ९ : ३० बजे मकवानपुरबाट महादेवबेशी तर्फ आउदै गरेको बा ५ ख ६५९० नंम्वरको यात्रुबहाक बस चेक जाँच गर्ने क्रममा बसमा सवार मकवानपुर थाहा नगरपालिका .वडा नं.७ बसेरी बस्ने बर्ष ३१ की सर्मिला मगरले बोकेको हरियो रङको बुट्टा भएको झोला भित्र टेपले बेरेको २ वटा पोकामा १९५० ग्राम खैरो रङको धुलो लागु औषध गाँजा (पोल्याण्ड) जस्तो पदार्थ फेला पारेको इलाकाप्रहरी कार्यालय खानीखोलाका प्र.नि.डबल बहादुर बमले बताउनु भयो । मगरलाइ नियन्त्रणमा लिएर अनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको प्र.नि.डबल बहादुर बमले जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस