FLASH NEWS

आजदेखि ‘सोह्र श्राद्ध’ अर्थात् पितृ पक्ष शुरु

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन ११, आईतबार (१ दिन अघि)
  • ३६

    Shares

आजदेखि ‘सोह्र श्राद्ध’ अर्थात् पितृ पक्ष शुरु

काठमाडौं : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध (पितृ पक्ष) आजदेखि सुरु भएको छ। यस अवधिमा दिवङ्गत पितृको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गर्ने परम्परा छ।

शास्त्रअनुसार श्राद्ध अपराह्न समयमा र पितृको तिथिअनुसार गर्नुपर्ने धर्मशास्त्रविद्हरूले बताएका छन्। कारणवश तिथिमै गर्न नसके औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म तथा अन्य विशेष तिथिमा गर्ने विकल्प पनि शास्त्रमा उल्लेख छ।

सोह्र श्राद्धपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। यस वर्ष अधिकमासका कारण सोह्र श्राद्ध र दसैँ केही ढिला परेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस