FLASH NEWS

नागढुङ्गा सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ चालक कारबाहीमा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन १६, शुक्रबार (१ दिन अघि)
  • २०

    Shares

नागढुङ्गा सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ चालक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गास्थित सुरुङमार्गमा पटक–पटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालकलाई कारबाही गरेको छ।
सुरुङमार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्र गतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सुरुङमार्गमा सुरक्षित तथा व्यवस्थित यातायात सञ्चालनका लागि ट्राफिक नियमको पालना गर्न प्रहरीले सबै सवारी चालकलाई आग्रह गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस