FLASH NEWS

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ :ओली

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ आश्विन १७, शनिबार (१ घण्टा अघि)
  • २

    Shares

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ :ओली

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले विगतमा राजनीतिक धक्का बेहोरे पनि पुनः दुई तिहाइ नजिक पुग्ने दाबी गर्नुभएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराउँदै ओलीले सानातिना विवाद र अहम् त्यागेर पार्टीको उद्देश्यमा केन्द्रित हुन निर्देशन दिनुभयो।

उहाँले पार्टीभित्र आत्मालोचनासँगै विवेक, कर्तव्य, अनुशासन र ज्ञान आवश्यक रहेको बताउनुभयो। विगतको धक्काबाट विचलित नभई सत्यलाई आत्मसात गरेर अझ बलियो भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

ओलीले नवनियुक्त सदस्यहरूलाई आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्दै जनताको काममा दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो। उहाँले पार्टीको भविष्य कार्यकर्ताको निष्ठा र जिम्मेवारीबोधमा निर्भर रहेको बताउनुभयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस