FLASH NEWS

नेपाल राष्ट्रिय शिक्षक संगठन धुनिवेशीको अध्यक्षमा केसी निर्वाचित

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ चैत्र २, शनिबार (१ साल अघि)
  • ६५७

    Shares

नेपाल राष्ट्रिय शिक्षक संगठन धुनिवेशीको अध्यक्षमा  केसी निर्वाचित

धार्के:   नेपाल राष्ट्रिय शिक्षक संगठन धुनिवेशीको तेस्रो नगर अधिवेशन बाट कमल केसी सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

“देशभरका सम्पूर्ण शिक्षकहरु एक होऔं” “गौरवशाली विगत, चुनौतीपुर्ण वर्तमान ,शैक्षिक गुणस्तरका लागि शिक्षामा सुशासन” भन्ने मुल नाराका साथ धुनिवेशी नगरपालिका वडा नं ५ को भुवनेश्वरी माविमा तेस्रो नगर अधिवेशन गरीएको थियो।

अधिवेशनबाट केसीको नेतृत्वमा १७ सदस्य कमिटी सर्वसम्मत निर्वाचित भएका छन् । जसमा अध्यक्ष कमल केसी, उपाध्यक्ष धनश्याम अधिकारी,महिला उपाध्यक्ष हसना भण्डारी,सचिव शोभाकर पौडेल,कोषाध्यक्ष पार्वती रेग्मी, सह–सचिव सस्मीता थापा, सह–कोषाध्यक्ष गायत्री लुईटेल लगायतका अन्य १० जना सदस्य रहने गरि संगठन गठन गरिएको छ।


शिक्षक सम्मान
धुनिवेशी नगरपालिका नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष अनिल रुपाखेतीको सभाध्यक्षता नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका अध्यक्ष ठान प्रसाद बसैलाको प्रमुख अतिथिता, नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका उपाध्यक्ष गोवर्धन गोदारको अतिथिता, नेकपा एमाल धुनिवेशी नगर कमिटि अध्यक्ष दिनेश बास्कोटाको अतिथितामा कार्यक्रम सम्पन्न भएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस