FLASH NEWS

धादिङमा ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद, दुई पक्राउ

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ अषाढ २३, मंगलबार (२ घण्टा अघि)
  • ३२

    Shares

धादिङमा ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद, दुई पक्राउ

काठमाडौं:  पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका–९ जोगीमाराबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

वीरगन्जबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६८९ नम्बरको यात्रुवाहक बसमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी चौकी जोगीमाराबाट खटिएको टोलीले बसमा सवार दुई जनालाई पक्राउ गरेको हो।

बसमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट ७८ हजार ४ सय क्याप्सुल प्रतिबन्धित लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

बरामद लागुऔषध एउटा सुटकेस र दुईवटा जेब्रा झोलाभित्र रबरले बेरेर पोका पारिएको अवस्थामा फेला परेको थियो। कुल ७ हजार ८४० स्ट्रिप (प्रत्येक स्ट्रिपमा १० क्याप्सुल) बरामद भएको प्रहरीले जनाएको छ।

लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–३ का ४१ वर्षीय मोहनप्रसाद कुर्मी र ३५ वर्षीया प्रतिमा देवी रहेका छन्। प्रहरीले उनीहरूको साथबाट दुई थान मोबाइल फोनसमेत बरामद गरेको छ।

पक्राउ परेका दुवैमाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस