FLASH NEWS

भारतबाट अवैध रूपमा ल्याइएका ५ हजारभन्दा बढी कुखुराका चल्ला बरामद, सबै नष्ट

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८३ बैशाख १७, बिहिबार (४ महिना अघि)
  • ७२८

    Shares

भारतबाट अवैध रूपमा ल्याइएका ५ हजारभन्दा बढी कुखुराका चल्ला बरामद, सबै नष्ट

नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरुवा क्षेत्रमा भारतबाट अवैध रूपमा ल्याइएका कुखुराका चल्ला बुधबार बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अन्दाजी रु पाँच लाख १६ हजार ८०० मूल्य बराबरका पाँच हजार ४४० थान चल्ला बरामद गरिएको हो।

बरामद गरिएका चल्लाहरूलाई पशु क्वारेनटाइन कार्यालय, नेपालगन्ज पठाइएको थियो। पशु क्वारेनटाइन कार्यालयका प्रमुख डा. हरेराम यादवका अनुसार सबै चल्ला नष्ट गरिएको छ।

उहाँले कडाइका बाबजुद पनि खुला सीमाको फाइदा उठाउँदै बाँके र बर्दियाका विभिन्न नाकाबाट कुखुराका चल्ला तथा कुखुरा अवैध रूपमा आयात हुने क्रम नरोकिएको बताउनुभयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस