FLASH NEWS

गुरुङ समुदायले आज भव्य रूपमा ‘तमु ल्होसार’ पर्व मनाउँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ पौष १५, मंगलबार (६ महिना अघि)
  • ३४१

    Shares

गुरुङ समुदायले आज भव्य रूपमा ‘तमु ल्होसार’ पर्व मनाउँदै

तस्विर सामाजिक संजाल बाट

काठमाडौँ : गुरुङ समुदायले आज मंगलबार आफ्नो नयाँ वर्षका रूपमा ‘तमु ल्होसार’ पर्व हर्षोल्लासका साथ मनाउँदैछन्।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षको प्रारम्भका रूपमा भव्य रूपमा मनाउने परम्परा रहेको छ।

गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने विश्वासका कारण पुस १५ गते तमु ल्होसार मनाइने गरिन्छ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास रहेको क्षेत्रमा सूर्यको ताप पुग्ने भएकाले उनीहरूले माघ र फागुन महिनामा ल्होसार मनाउने विश्वास रहेको छ। पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि रात छोटिँदै जाने भएकाले पनि यस पर्वको विशेष महत्त्व रहेको बताइन्छ।

तमु ल्होसारको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ। पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश व्यक्त गरेका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस