FLASH NEWS

बैरेनी साना किसान कृषि सहकारी संस्थाको २४औं साधारण सभा सम्पन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ पौष ६, आईतबार (१ महिना अघि)
  • २३८

    Shares

बैरेनी साना किसान कृषि सहकारी संस्थाको २४औं साधारण सभा सम्पन
धादिङको गल्छी गाउँपालिका ६ बैरेनीमा रहेको बैरेनी साना किसान कृषि सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधारण सभामा अध्यक्ष बद्रि प्रसाद अधिकारीले सहकारीको वार्षिक प्रगती प्रतिवेदन, संस्थाका प्रवन्धक रामजी खतिवडाको प्रतिवेदन, लेखा समिति संयोजक पशुपति धितालको आन्तरीक लेखा प्रतिवेदन पेश गर्नु भएको हो ।


संस्थाका अध्यक्ष बद्रि प्रसाद अधिारीले पेश गर्नुभएको प्रतिवेदनमा सहकारीको माध्यमद्घारा कृषकहरुलाई ब्यवसायिक बनाउने उद्घेश्यले संस्थाले आफ्ना सदस्यहरुलाई ब्यवसायिक बनाउन बिभिन्न तालिमहरु संचालन गर्ने गरेको, किसानहरुको आर्थिक, तथा सामाजिक बिकास गराउन सरकार, सहकारी तथा निजि क्षेत्रको पहलमा विभिन्न कार्यक्रमहरु संचालग गरिरहेको बताउनु भएको छ ।

बैरेनी साना किसान कृषि सहकारी संस्थाका प्रवन्धक रामजी खतिवडाले पेश गर्नुभएको संस्थाको आर्थिक तथा सांगठनिक प्रतिबेदन अनुसार बैरेनी साना किसान कृषि सहकारीले विभिन्न निकाय मार्फत थुप्रै अनुदानका कार्यक्रमहरु संचालन गरेको बताउनु भयो
सहकारीको २४ औं साधारण सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्रिय संघ लिका अध्यक्ष,साना किसान विकास लघुवित्त वित्तिय संस्था लि.का अध्यक्ष, राष्ट्रिय सहकारी महासँघका उपाध्यक्ष तथा विश्व किसान महासंघका सदस्य खेम बहादुर पाठकले सहकारी कस्तो बनाउने भन्ने जिम्मेवारी र दायित्व सम्वन्धित संस्थाको नेतृत्व र शेयर सदस्यहरुको रहने बताउनु् भएको छ। पाठकले सहकारी क्षेत्र सुधार गर्नेहो भने प्रत्येक संस्थाबाट सुधारको सुरुवात गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुदै गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडाले बैरेनी साना कसान कृषि सहकारी संस्थासंग गाउँपालिकाले विगतका वर्षहरुमा विभिन्न कार्यक्रममा साझेदारी गरेको र आगामि वर्ष पनि त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।

बैरेनी सानाकिसान कृषि सहकारी संस्थामा २०८२ कात्तिक मसान्त सम्ममा १७०१ शेयर सदस्य, सहकारीको शेयर पुँजी २ करोड २७ लाख २ हजार ७ सय, लगानीमा रहिरहेको रकम २६ करोड ९३ लाख ६७ हजार १ रुपैयाँ रहेको छ भने २०८२ कात्तिक मसान्त सम्मा सहकारीको खुद नाफा १ करोड २ लाख ३९ हजार १३६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारीको जम्मा कुल पुँजी तथा दायित्व ३० करोड २० लाख ८७ हजार २ सय १४ रुपैयाँ रहेको सहकारीका प्रबन्धक रामजी खतिवडाले जानकारी दिनु भयो ।

सहकारीका अध्यक्ष बद्रि प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा नेपाल कृषि सहकारी केन्द्रिय संघ लिका अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यता रहेका थियो । गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा र उपाध्यक्ष भाइकाजी तिवारीको विशेष आतिथ्यता रहेको साधारण सभामा विभिन्न वडाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो । विभिन्न सहकारीका अध्यक्षहरु,गल्छी गाउँपालिका कृषि शाखाका प्रतिनिधि लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस