FLASH NEWS

धादिङबेसीमा पौष १५ गते तमू ल्होसार कार्यक्रम हुदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ पौष ५, शनिबार (३ घण्टा अघि)
  • ३७

    Shares

धादिङबेसीमा पौष १५ गते तमू ल्होसार कार्यक्रम हुदै

 

धादिङ । धादिङबेसीमा पौष १५ गते तमू ल्होसार हर्षोल्लासका साथ मनाइने भएको छ ।

तमू ल्होसारको अवसरमा तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङ, नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङ तथा धादिङबेसी तमू समाज धादिङको संयुक्त आयोजनामा गुरुङ समुदायले ल्होसार पर्व मनाउन लागेका हुन् ।

गुरुङ संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान–प्रदान कार्यक्रमसहित ल्होसार मनाइने आयोजकले जनाएका छन् ।

पौष १५ गते धादिङबेसीस्थित कबर्डहलको प्राङ्गणमा आयोजना हुने कार्यक्रममा गुरुङ समुदायको प्रसिद्ध परम्परागत नृत्य घाटु नाचसहित गुरुङ संस्कृतिलाई झल्काउने विशेष सांस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षणका रूपमा रहने तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङकी अध्यक्ष जमुना तमूस्योले जानकारी दिनुभयो ।

कार्यक्रमको तयारी भव्य रूपमा भइरहेको आयोजक संस्थाले जनाएको छ । साथै कार्यक्रममा राष्ट्रियस्तरका गुरुङ कलाकार तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक संयोजक तथा नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका सचिव प्रशान्त गुरुङले बताउनुभयो ।

यस वर्ष तमू गुरुङ समुदायले मुप्रि ल्हो (सर्प वर्ग) लाई बिदाइ गर्दै त ल्हो (घोडा वर्ग) लाई स्वागत गर्दै विशेष उत्साहका साथ तमू ल्होसार पर्व मनाउँदै छन् ।

गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भन्ने भएकाले वर्ग परिवर्तन हुने दिनलाई ‘ल्होसार’ भनिन्छ । तमू समुदायले समयलाई १२ वटा जनावर तथा चराको प्रतीकका आधारमा विभाजन गर्ने परम्परा रहेको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस