FLASH NEWS

आधारशिला सामाजिक उद्यमी महिला कृषि सहकारीको १४औँ सहकारी जन्मोत्सव तथा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ पौष ४, शुक्रबार (३ घण्टा अघि)
  • ९८

    Shares

आधारशिला सामाजिक उद्यमी महिला कृषि सहकारीको १४औँ सहकारी जन्मोत्सव तथा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

धादिङ :  आधारशिला सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडको १४औँ सहकारी जन्मोत्सव तथा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

थाक्रे गाउँपालिका–९ स्थित सरस्वती मन्दिरको प्राङ्गणमा सम्पन्न कार्यक्रममा सहकारीको हालसम्मको अवस्था, भएका उपलब्धिहरू तथा केही दिनअघि सम्पन्न साधारण सभाको समीक्षा लगायतका विषयमा छलफल गरिएको सहकारीका अध्यक्ष प्रमिला पण्डितले टोलटोलको खबर सीताको कुराकानीमा बताउनु भयो।

कार्यक्रमसँगै सहकारीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सरस्वती मन्दिर परिसरको सरसफाइसमेत गरेको अध्यक्ष पण्डितले बताउनुभयो।
थाक्रे गाउँपालिका–९ का वडा अध्यक्ष श्यामचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाका वडा सदस्यहरू, सहकारीकाका पदाधिकारीहरू तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
धुनीबेशी नगरपालिका वडा नम्बर ३, ४ र ५ तथा थाक्रे गाउँपालिका वडा नम्बर ९ र १० लाई कार्यक्षेत्र बनाउँदै आएको यस सहकारीमा हाल १ हजार ५ सय ५० जना सदस्य आबद्ध छन्। साथै सहकारीअन्तर्गत ६१ वटा महिला समूह सञ्चालनमा रहेका छन्।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस