FLASH NEWS

आधारशिला सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाको १३औँ वार्षिक साधारणसभा सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ मंसिर २७, शनिबार (१ महिना अघि)
  • २९१

    Shares

आधारशिला सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाको १३औँ वार्षिक साधारणसभा सम्पन्न

धादिङ :  आधारशिला सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
थाक्रे गाउँपालिका–९, पण्डितपौवास्थित ज्योति माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न सभामा संस्थाका अध्यक्ष प्रमिला पण्डितले अध्यक्षता
गर्नुभएको थियो।

कार्यक्रमको उद्घाटन संस्थाका ज्येष्ठ सदस्य दुर्गा कुमारी आचार्य र काइली तामाङले पानसमा बत्ती बालेर गर्नुभएको थियो।

साधारणसभामा अध्यक्ष प्रमिला पण्डितले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यसैगरी कोषाध्यक्ष सरिता अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने लेखा सुपरिवेक्षण समितिकी संयोजक उषा अर्यालले लेखा प्रतिवेदन पेश गर्नुभयो।

सभामा ऋण संयोजक देवकी पौडेल, सचिव सोविता आचार्य तथा शिक्षा उपसमितिकी संयोजक दिपा बिष्टले आ–आफ्नो क्षेत्रगत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा सहकारीबाट सेवा लिएर उत्कृष्ट कार्य गर्ने सदस्यहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

धुनिबेशी नगरपालिका वडा नम्बर ३, ४ र ५ तथा थाक्रे गाउँपालिका वडा नम्बर ९ र १० लाई कार्यक्षेत्र बनाउँदै आएको यस सहकारीमा हाल १ हजार ५ सय ५० जना सदस्य आबद्ध रहेका छन्। साथै सहकारी अन्तर्गत ६१ वटा महिला समूह सञ्चालनमा रहेका छन्।

सस्थाका उपाध्यक्ष संगिता आचार्यले स्वागत गर्नु भएको साधारणसभामा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, शेयर सदस्यलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस