FLASH NEWS

मिनि जुनियर राष्ट्रिय उसु प्रतियोगितामा थाक्रेका सम्राट थापा फाइनलमा प्रवेश, दिलिप भुजेल सेमिफाइनलमा

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०८२ मंसिर १७, बुधबार (६ महिना अघि)
  • ४८८

    Shares

मिनि जुनियर राष्ट्रिय उसु प्रतियोगितामा थाक्रेका सम्राट थापा फाइनलमा प्रवेश, दिलिप भुजेल सेमिफाइनलमा

थाक्रे :  धादिङको थाक्रे गाउँपालिका–स्थित सरस्वती चिल्ड्रेन पार्क इङ्लिस बोर्डिङ स्कुलका खेलाडी सम्राट थापा धनगढीमा जारी मिनि जुनियर राष्ट्रिय उसु प्रतियोगिताको सान्डा (सान्सो) ४२ केजी तौल समुहमा फाइनलमा प्रवेश गर्न सफल भएका छन्।

यसैगरी जनजागृति मावि ‘का’ खेलाडी दिलिप भुजेल ५२ केजी तौल समूहको सान्डा फाइटमा सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका दुवै खेलाडी र प्रशिक्षकलाई थाक्रे गाउँपालिका, स्थानीय समाजसेवी तथा विभिन्न व्यावसायिक व्यक्तिहरूबाट आर्थिक सहयोग प्रदान गरिएको टिम म्यानेजर सुरेश थापाले टोलटोलको खबरलाई जानकारी दिनु भयो।

उहाका अनुसार खेलाडीको उत्साहवर्धन, तयारी तथा आवास–खाना व्यवस्थाका लागि प्राप्त सहयोगले टिमलाई थप प्रेरणा मिलेको छ।
धादिङका खेलाडीहरूले राष्ट्रिय स्तरमा देखाएको प्रगति स्थानीयवासीले गर्वका साथ हेरिरहेका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस