FLASH NEWS

आजको मौसम कस्तो रहला ? हेर्नुहोस

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ चैत्र १५, शुक्रबार (१ साल अघि)
  • ४९५

    Shares

आजको मौसम कस्तो रहला ? हेर्नुहोस

काठमाडौँ :  आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको तराईका केही भूभागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही भूभागमा हावाहुरीको पनि सम्भावना रहेको यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस