






२७
Shares
काठमाडौँ: गणेश नेपालीको आत्मदाह घटनाबारे छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।



गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभालाई जानकारी दिँदै डिआइजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको बताउनुभयो।
उहाँले उक्त घटनामा संघीय सरकारभन्दा स्थानीय सरकारको भूमिका बढी देखिएको उल्लेख गर्दै नेपालमा संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार रहेको विषयलाई बुझ्नुपर्ने बताउनुभयो।
प्रतिनिधिसभामा जवाफ दिँदै गृहमन्त्री गुरुङले सरकारको अथक प्रयासका बाबजुद गणेश नेपालीलाई बचाउन नसकिएको भन्दै घटनाप्रति दुःख व्यक्त गर्नुभयो।
उहाँले संघीय सरकार आफ्नो नेतृत्वमा भए पनि प्रदेश र स्थानीय तहमा आफ्नो सरकार नरहेको उल्लेख गर्दै सरकारको नेतृत्वमा रहेका सबै तह उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो।






