FLASH NEWS

आज नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ चैत्र २६, बिहिबार (४ महिना अघि)
  • २३२

    Shares

आज नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै

काठमाडौंः आज नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ।

विसं २०४६ चैत २६ गते ३० वर्षे पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको सम्झनामा आज यो दिवस मनाइन्छ। विसं २०१७ पुस १ गते राजा महेन्द्र ले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ चैत २६ गते भएको थियो।

नेपाली कांग्रेस को नेतृत्वमा वाममोर्चासहित भएको संयुक्त जनआन्दोलनपछि ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य भएको हो। सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुनःस्थापना भयो।

कांग्रेस नेता गणेशमान सिंह को नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो। २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारेर २०४६ फागुन ७ गतेदेखि जनआन्दोलन सुरु गरिएको थियो।

तत्कालीन राजा वीरेन्द्र ले देशवासीका नाममा सम्बोधन गर्दै चैत २६ गते बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गर्नु भएको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस