FLASH NEWS

नेकपा माओवादी (केन्द्र) थाक्रे गाउँ कमिटिको अध्यक्षमा दयाराम कार्की निर्वाचित

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ पौष ४, बिहिबार (१ साल अघि)
  • ६२८

    Shares

नेकपा माओवादी (केन्द्र) थाक्रे गाउँ कमिटिको अध्यक्षमा दयाराम कार्की निर्वाचित

धादिङ : नेकपा माओवादी (केन्द्र) थाक्रे गाउँ कमिटिको अध्यक्षमा दयाराम कार्की निर्वाचित हुनु भएको छ । माओवादी केन्द्र थाक्रेको दोस्रो सम्मेलनबाट कार्की निर्विरोध निर्वाचित हुनु भएको हो । यस अघि कार्की कार्यबाहक अध्यक्ष समेत रहनु भएको थियो।

केहि दिन अघि अधिवेशन भएता पनि बुधबार थाक्रे ८ को पाथिभारा होटलको हलमा एक कार्यक्रमको आयोजना गरि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बागमती प्रदेशको पुर्व मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यमा सम्पन्न सभाले दयाराम कार्की को अध्यक्षतामा ३६ सदस्यीय कार्यसमितिले पूर्णता पाएको हो।

दयाराम कार्कीको अध्यक्षतामा उपाध्यक्ष राजकुमार गुरुङ, गोपाल बहादुर तामाङ्ग तथा विकास विक , सचिव सुविन्द्र लोप्चन , सहसचिवमा जिवनाथ आचार्य, कोषाध्यक्षमा भगवती नेपाल शर्मा लगायत ३६ सदस्यीय गाउँपालिका कमिटी गठन भएको नेकपा माओवादी (केन्द्र) थाक्रे गाउँ कमिटिले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस